मेरो डिजिटल हस्ताक्षर भ्रमबस ​न्युनतम साझा कार्यक्रममा प्रयोग गरियो : चित्रबहादुर केसी

मेरो डिजिटल हस्ताक्षर भ्रमबस ​न्युनतम साझा कार्यक्रममा प्रयोग गरियो : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूले हस्ताक्षर नगरेको भन्दै आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएकोमा असन्तुष्टि जनाएका छन्।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उनले न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकता लगायतका विषयमा राष्ट्रिय जनमोर्चाको धेरै मतभेदहरू रहेको बताएका हुन्।

विभिन्न मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेकोले जनमोर्चाको सहमति नरहेको केसीको भनाइ छ।

बिहीबार सत्ता साझेदार दलका प्रमुख नेताहरुको हस्ताक्षर गरी सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो।

केसीले प्रयोग गरिएको आफ्नो डिजिटल हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा नभएको  र उक्त हस्ताक्षर भ्रमबस न्यूनतम साझा कार्यक्रममा परेको जनाएका छन्।

चैत २४, २०७९ शुक्रबार १३:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।