कोशी प्रदेश आन्दोलनमा ज्यान गुमाएका पदमबहादुरलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : कोशी प्रदेश नामाकरण विरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ।
प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधमा भएको आन्दोलनमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो। प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको थियो।
चैत २४, २०७९ शुक्रबार ११:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।