आईएमई पे र एम बैंकबीच सम्झौता, सहकारी संस्थालाई डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य

काठमाडौं : सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई पे र एम बैंकबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुलेआईएमई पे वालेटमा रकम लोड, आईएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिंदै आएको आईएमई पेबाट हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन्। आईएमई पेका देशभर करिब ४५ हजार एजेन्ट रहेका छन्।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आईएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
चैत २४, २०७९ शुक्रबार १०:२६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।