ब्राजिललाई हराउँदै इंग्ल्यान्डले जित्यो फाइनालिसिमाको उपाधि, ३० खेलको अपराजित यात्रा कायम

ब्राजिललाई हराउँदै इंग्ल्यान्डले जित्यो फाइनालिसिमाको उपाधि, ३० खेलको अपराजित यात्रा कायम

एजेन्सी : इंग्ल्यान्डले पहिलो पटक आयोजना भएको महिला फाइनालिसिमाको उपाधि जितेको छ। फाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

यो जितसँगै इंग्ल्यान्डले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित यात्रालाई ३० खेलसम्म पुराएको छ।

युरो च्याम्पियन इंग्ल्यान्डले दक्षिण अमेरिकी कोपा अमेरिका च्याम्पियन ब्राजिललाई पराजित गर्दै उपाधि जितेको हो।

युरो कपको उपाधि विजेता र कोपा अमेरिका विजेताबीच यो फाइनालिसिमा खेलाउन थालिएको छ। पुरुषतर्फ अर्जेन्टिनाले इटालीलाई हराएर फाइनालिसिमाको उपाधि जितेको थियो।

वेम्बली स्टेडियममा गए राति भएको फाइनलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरसम्म पुगेको थियो। जसमा इंग्ल्यान्डले खेल आफ्नो पक्षमा पार्यो।

चैत २४, २०७९ शुक्रबार ०८:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।