चेल्सीमै फर्किए पहिले बर्खास्त गरिएका प्रशिक्षक फ्रान्क लाम्पार्ड

चेल्सीमै फर्किए पहिले बर्खास्त गरिएका प्रशिक्षक फ्रान्क लाम्पार्ड

एजेन्सी : पहिले बर्खास्त भएका फ्रान्क लाम्पार्ड पुन: इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षकको रुपमा फर्किएका छन्।

प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले पूर्व प्रशिक्षक लाम्पार्डलाई यस सिजनको अन्त्यसम्मको लागि अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीको प्रशिक्षकको रुपमा काम गरेका पूर्व स्टार खेलाडी लाम्पार्डलाई पनि २०२१ मा क्लबले बर्खास्त गरेको थियो।

यसपछि अर्को इंग्लिस क्लब  एभर्टनको प्रशिक्षक बनेका उनी यसै सिजन एभर्टनबाट समेत बर्खास्त भएका थिए।

यो सिजन लिगमा राम्रो फर्ममा नरहेको चेल्सी प्रिमियर लिगको ११ औं स्थानमा छ। चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार रियल म्याड्रिडको सामना गर्दैछ।

चैत २४, २०७९ शुक्रबार ०८:३६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।