कोलकाताका शार्दूल ठाकुरको ब्याटको जादु चल्दा केही लागेन ब्याङलोरको, १२३ मा अल आउट

एजेन्सी : इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्श ब्याङलोरलाई ८१ रनले हराएको छ।
यो जित कोलकाताको पहिलो जित हो। इडन गार्डेनमा भएको खेल हेर्न शाहरुख खान स्टेडियममा आएका थिए।
शार्दूल ठाकुरको चमत्कारिक ब्याटिङले हारिसकेको खेल पनि कोलकाताले जित्यो। एक पछि अर्को विकेट जाँदा सङ्कटमा परिसकेको थियो कोलकाता। ठाकुरले विकेटको वास्तै गरेनन्। २० बलमा अर्ध शतक बनाइदिए। उनी प्लेयर अफ दि म्याच भए।
ब्याङलोरले टस जितेर बलिङ रोज्यो। बलर जमे पनि। ५० रन बनाउँदा तीन विकेट गइसकेको थियो। टिमको अवस्था हेर्दा पुरै ओभर पनि खेल्न सक्नेमा शङ्का थियो।
जब शार्दूल अनि रिंकु सिंहले ब्याट समाते खेलको नतिजा नै बदलियो। शार्दूलले २९ बलमा ६८ रन बनाए। रिंकुले ३३ बलमा ४६ रन बनाएर स्कोर २०४ पुर्याए।
जवाफी ब्याटिङमा आएको ब्याङलोरले पुरै ओभर खेल्न पाएन। १७.४ ओभरमा १२३ रन बनाएर सबै आउट भए।
चैत २४, २०७९ शुक्रबार ०१:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।