तीव्र गतिका बलर वुड भन्छन्' धोनीको छक्का हान्दा होसै उड्यो'

एजेन्सी : इन्डियन प्रीमियर लीगको जारी रहेको खेलमा सबैभन्दा धेरै विकेट लिने बलरमा पर्छन् लखनउ सुपरजायन्ट्सका मार्क वुड। उनले आठ विकेट लिएर पर्पल क्याप पाइसकेका छन्।
आफ्नो लाइन अनि लेन्थमा अझै सुधार गर्ने प्रयास भइरहेको बताउँछन् उनी। तर उनै वुडको दुई बलमा एमएस धोनीले लगातार दुई छक्का हानेका थिए।
त्यो क्षण सम्झँदै वुड धोनीले छक्का हानेपछि स्टेडियममा जति स्वर सुनियो आफ्नो जीवनमा कहिल्यै नसुनेको उनले बताए। चेन्नेईका धोनीलाई आउट गर्न आक्रामक बलिङ गर्नै पर्ने अवस्था रहेको तर उनले लगातार छक्का हान्दा आफ्नो होसै उडेको उनले बताए।
'उनले छक्का हानेपछि स्टेडियममा यति ठुलो स्वर उर्लियो कि मैले मेरो जीवनमा अहिलेसम्म त्यस्तो सुनेको थिइन। उनलाई जतिसक्दो छिटो आउट गर्न आक्रामक बलिङ गरेको छक्का हाने' उनले पत्रकारमाझ भने।
चेन्नेई सपुरकिङग्ससँगको प्रतियोगिता सम्झँदै उनले तीव्र गतिका बलरका लागि त्यो म्याच निकै कठिन रहेको बताए। उनले सो म्याचमा ४९ रन दिएका थिए। उनले आफ्नो लाइन र लेन्थमा सुधारसँगै अबको ध्यान रन रोक्नुमा हुने बताए।
चैत २३, २०७९ बिहीबार १४:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।