बारा पुगेर माधव नेपालले भने : संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ

बारा : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन्।
जसपा अध्यक्ष एवं उपनिर्वाचनमा बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर नेपालले उनको पक्षमा भोट मागेका हुन्।
बाराको क्षेत्र नंं २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा प्रचार प्रसारका लागि नेपाल बुधबार साँझ कलैया पुगेका थिए।
यादवको लागि भोट माग्दै उनले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई विजयी गराउन आग्रह गर्दछु।’
चैत २३, २०७९ बिहीबार १३:५७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।