पहिलो आईपीएल उपाधिको खोजीमा रहेको बेंगलोर आज कोलकातासँग भिड्दै

पहिलो आईपीएल उपाधिको खोजीमा रहेको बेंगलोर आज कोलकातासँग भिड्दै

एजेन्सी : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को आफ्नो दोस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्ससँग भिडन्त गर्दैछ।

लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको बेंगलोरले कोलकातालाई उसकै घरेलु मैदानमा हराउनु पर्ने हुन्छ।

बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो। खेल नेपाली समय अनुसार ७:४५ बजे कोलकाताको इर्डेन गार्डेनमा हुनेछ। 

कोलकाता भने लिगमा पहिलो जितको खोजीमा छ। कोलकाता पहिलो खेलमा पन्जाब किंग्ससँग डकवर्थ लुइस नियमका आधारमा ७ रनले पराजित भएको थियो।

विराट कोहलीसहितको उच्च लयमा देखिएको बेंगलोर ​​​​​​​यस सिजन​​​​​​​ पहिलो पटक आईपीएल उपाधि जित्ने लक्ष्यमा छ।

चैत २३, २०७९ बिहीबार १३:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।