आज ५ बजे सार्वजनिक हुने न्यूनतम साझा कार्यक्रममा गठबन्धनको सहमति

आज ५ बजे सार्वजनिक हुने न्यूनतम साझा कार्यक्रममा गठबन्धनको सहमति

काठमाडौं : सरकारले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रममा सत्ता साझेदार दलहरूले सहमति जनाएका छन्।

माओवादी नेता देव गुरुङका अनुसार सत्ता गठबन्धनको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको छ। 

सरकारको तर्फबाट आजै साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक पनि हुने उनले जानकारी दिए। यसै विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्त गठबन्धनको बैठक बसेको थियो।

एमालेसहितको यस अघिको गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाए पनि गठबन्धन टुटेसँगै सत्ता साझेदार दलहरूले नयाँ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।

चैत २३, २०७९ बिहीबार १२:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।