एनएमबि बैंकले गर्‍यो जानकी आँखा अस्पताललाई उपकरण खरिद गर्न आर्थिक सहयोग

एनएमबि बैंकले गर्‍यो जानकी आँखा अस्पताललाई उपकरण खरिद गर्न आर्थिक सहयोग

काठमाडौं : एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, तथा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा लगायत अन्य पदाधिकारिहरुको उपस्थिति रहेको थियो।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

यो बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधि जितेको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि जितेको छ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

चैत २३, २०७९ बिहीबार ११:२६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।