न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार दलहरू बैठकमा

काठमाडौं : सत्ता गठबन्धनको शीर्ष नेताहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको छ।
सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बसेको हो। सरकारले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
एमालेसहितको यस अघिको गठबन्धनले न्यूनतम साझा कार्यक्रम बनाए पनि गठबन्धन टुटेसँगै सत्ता साझेदार दलहरू नयाँ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।
चैत २३, २०७९ बिहीबार ११:०९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।