एक छक्का बचाउँन खोज्दा विलियम्सनले गुमाए आईपीएलसँगै विश्वकप

एक छक्का बचाउँन खोज्दा विलियम्सनले गुमाए आईपीएलसँगै विश्वकप

एजेन्सी : न्युजिल्यान्डका कप्तान केन विलियम्सनले यसै वर्ष (सन् २०२३) मा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन्।

बायाँ खुट्टाको घुँडाको चोटका कारण उनले आईपीएलसँगै विश्वकप पनि खेल्न नसक्ने भएका हुन्।

आईपीएलमा गुजरात टाइटन्सका खेलाडी केन गत शुक्रबार चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ऋतुराज गायकवाडले हानेको छक्का बचाउन खोज्दा घाइते भएका थिए।

उनको बायाँ खुट्टाको घुँडाको लिगामेन्टमा चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ। त्यसैले उनले यो विश्वकप खेल्न नपाउने भएका हुन्।

चैत २३, २०७९ बिहीबार ०८:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।