उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं : निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।

आयोगका अनुसार आज नै उम्मेदवारहरूलाई चुनाव चिन्ह समेत प्रदान गरिनेछ।

उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्मको समय तोकिएको छ। यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै चुनाव वितरण गरिने बताइएको छ।

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएका थिए।

त्यसैगरी तनहुँ-१ बाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेको र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले यी तीनै स्थानमा उपनिर्वाचन हुन लागेको हो।

चैत २३, २०७९ बिहीबार ०७:५३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।