महासङ्घका वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जनले टिमसँगै सार्वजनिक गरे वाचा पत्र

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्गको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठले आफ्नो समूहका उम्मेदवारी सहित वाचा पत्र सार्वजनिक गरेका छन्।
चैत २९ गते हुने निर्वाचनमा उनी आफ्नो पक्षका उम्मेदवारसहित निर्वाचनमा होमिएका हुन्। श्रेष्ठको समूहबाट बस्तुगततर्फ मनिषलाल प्रधान, एसोसिएट तर्फबाट भरतराज आचार्य र जिल्ला नगरबाट उपाध्यक्षमा अरुणराज सुमार्गीले उम्मेदवारी घोषणा गरे।
उनीहरूले आफ्नो बाचा पत्र समेत सार्वजनिक गरेका थिए। खस्कँदो अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र अपरिहार्य भएको र सरकारले निजी क्षेत्रलाई बेवास्ता गर्दै गएकाले निजी क्षेत्रको हस्तक्षेपकारी भूमिका आफूले निभाउन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए।
महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष र अन्य पदमा निर्वाचन भए पनि अध्यक्ष वरिष्ठ उपाध्यक्षबाट नै स्वतः हुने व्यवस्था छ।
चैत २२, २०७९ बुधबार १४:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।