आज राति ‘एल क्लासिको’ म्याच, बार्सिलोना र रियल म्याड्रिड भिड्दै

आज राति ‘एल क्लासिको’ म्याच, बार्सिलोना र रियल म्याड्रिड भिड्दै

एजेन्सी : आज राति स्पेनका दुई चिर प्रतिद्वन्द्वी क्लब बार्सिलोना र रियल म्याड्रिडबीच ‘एल क्लासिको’ म्याच हुँदैछ।

कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा यी दुईबीच भिडन्त हुन लागेको हो। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

सेमिफाइनलको  पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो। पछिल्ला तीन एल क्लासिको खेलमा पनि बार्साले रियलविरुद्ध स्पष्ट जित निकालेको रेकर्ड छ।

चैत २२, २०७९ बुधबार १३:४९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।