सूर्य नेपालको ‘मिन्ट-ओ बाइट’ टफी बजारमा

सूर्य नेपालको ‘मिन्ट-ओ बाइट’ टफी बजारमा

काठमाडौं : सूर्य नेपाल प्रालिले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन ‘मिन्ट-ओ बाइट’ टफी नेपाली बजारमा सार्वजनिक गरेको छ।

‘फ्रेशनेस इन एभरी बाइट’को नारासहित प्रवर्द्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ‘ट्विस्ट र्याप प्याक’मा उपलब्ध हुनेछ।

मिन्ट-ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको प्रयोगले शीतलताको आभासका साथै ‘रिफ्रेशिङ’ अनुभव गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मिन्ट स्वादले ताजा श्वासका साथै आत्मविश्वास पनि जगाउने बताइएको छ। अक्वा निलो र्यापरमा उपलब्ध मिन्ट-ओ बाइट बजारमा अरू उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ।

मिन्ट स्वाद रुचाउने ग्राहकहरूले मिन्ट-ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन्। मिन्ट-ओ बाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटमा उपलब्ध हुनेछ।

चैत २२, २०७९ बुधबार १३:३६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।