ओलम्पिक छनोटमा भियतनामसँग भिड्दै नेपाल

ओलम्पिक छनोटमा भियतनामसँग भिड्दै नेपाल

काठमाडौं : नेपालले पेरिस ओलम्पिकको महिला फुटबल छनोट खेलमा आज भियतनामसँग भिडन्त गर्दैछ।

सन् २०२४ मा हुने ओलम्पिकको पहिलो चरणको यस छनोट खेल आज साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ।

नेपालले फिफा वरियतामा ६७ औं स्थान माथि रहेको भियतनामको सामना गर्न लागेको हो। वरियतामा नेपाल १ सयौं स्थानमा छ भने भियतनाम भने ३३ औं स्थानमा छ।

यस छनोट समूहमा रहेका अफगानिस्तान र प्यालेष्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र दुई लेगमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

दुई खेलपछि विजेता हुने टिम दोस्रो चरणमा पुग्नेछ।

चैत २२, २०७९ बुधबार १३:१५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।