प्रधानमन्त्री प्रचण्ड भन्छन् : एक दुई दिनमा सरकारले पूर्णता पाउँछ

प्रधानमन्त्री प्रचण्ड भन्छन् : एक दुई दिनमा सरकारले पूर्णता पाउँछ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अबको एक दुई दिनभित्र नै पूर्णता पाउने बताएका छन्।

माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको कार्यक्रममा बोल्दै उनले अहिले पनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने प्रयास भइरहेको बताए।

उनले भने, ‘सरकारले करिब करिब पूर्णता पाएको छ। आज भोलिमा शतप्रतिशत नै पूर्णता पाउँछ होला। अब हाम्रो ध्यान भने नीति तथा कार्यक्रम र बजेट बनाउनेमा रहेको छ।’

प्रचण्डले गत चैत १७ गते मन्त्रिपरिषद बिस्तार गरे पनि ६ मन्त्रालयले भने अझै मन्त्रि पाएको छैन।

उनले आफूले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर पाएको र कुनै एउटा पार्टीको बहुमत नरहेकाले मोर्चा बनाएर नेतृत्व गर्न सजिलो नभएको समेत बताएका छन्।

चैत २२, २०७९ बुधबार १२:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।