ऋषभको जर्सी डगआउटमा राखेपछि दिल्लीलाई बीसीसीआईको निर्देशन– ‘अब त्यसो नगर्नू’

ऋषभको जर्सी डगआउटमा राखेपछि दिल्लीलाई बीसीसीआईको निर्देशन– ‘अब त्यसो नगर्नू’

एजेन्सी : ऋषभ पन्त चोटका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाएका छन्। उनको स्थानमा डेभिड वार्नरलाई कप्तान बनाइएको छ।

त्यस्तै पन्तको अनुपस्थितिपछि पनि टोली व्यवस्थापनले उनको अनुपस्थिति महसुस गर्न भने चाहेको छैन। यसका लागि टोली व्यवस्थापनले पन्तको जर्सी नम्बर–१७ सधैँ डगआउटमा झुण्ड्याउने निर्णय गरेको थियो।

तर अहिले दिल्ली क्यापिटल्स व्यवस्थापनको यो निर्णयबाट भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)असन्तुष्ट छ।

बीसीसीआईका एक अधिकारीले यस विषयमा भनेका छन्, ‘यो अलि भद्दा भयो, कुनै ठूलो घटना वा ठूलो दुर्घटना भएको वा खेलाडीले सन्यास लिएको बेला यस्तो गरिन्छ। अहिलेको घटना त्यस्तो होइन। ऋषभ पूर्णतया स्वस्थ छन् र चोटबाट अपेक्षा गरेभन्दा छिटो बाहिर आउँदैछन्। राम्रै सोचका साथ गरेको भए पनि बीसीसीआईले अबदेखि यस्तो नगर्न विनम्रतापूर्वक आग्रह गरेको छ।’

आईपीएल २०२३ मा दिल्ली क्यापिटल्सले लखनउ विरुद्धको खेलमा ऋषभ पन्तको सम्मान स्वरूप १७ नम्बर जर्सी डगआउटमा झुण्ड्याएको थियो।

दिल्ली म्यानेजमेन्टको यो कदमलाई फ्यानहरूले समेत मन पराएका थिए। बीसीसीआईले दिल्ली क्यापिटल्स व्यवस्थापनलाई निर्देशन दिएसँगै मंगलबारको खेलमा के गर्छ, त्यो पर्खाइको विषय बनेको छ।

चैत २१, २०७९ मंगलबार १९:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।