बैङलोरका रजत पाटीदारले चोटका कारण आइपिएल खेल्न नसक्ने

एजेन्सी : रोयल च्यालेन्ज बैङलोरका खेलाडी रजत पाटीदार आइपिएल २०२३ बाट बाहिरिएका छन्। टिमका बलिया ब्याट्सम्यान पाटिदार चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका हुन्।
टिमले ट्विट गर्दै पाटिदार चोटका कारण बाँकी खेल खेल्न नसक्ने जानकारी दिएको हो। ट्विटमा टिमले उनी चाँडै निको हुने आस रहेको बताएको छ।
अहिले पाटीदारको स्थानमा कुनै खेलाडी राखेको छैन। उनले आइपिएल २०२२ मा शानदार प्रदर्शन गरेका थिए। सन् २०२२ मा उनले आठ खेल खेलेका थिए।
आठ खेलमा उनले १५२.७४ को स्ट्राइक रेटमा खेल्दै ३३३ रन बनाएका थिए। उनले एक शतक र दुई अर्ध शतक हानेका थिए।
सन् २०२३ को पहिलो खेलमै टिमले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको थियो। विराट कोहलीले ४९ बलमा ८२ रन हानेका थिए। कप्तान फाक डुप्लेसीले ७३ रन बनाएका थिए। दोस्रो म्याच कलकत्ता नाइट राइडर्ससँग ६ अप्रिलमा हुँदैछ।
चैत २१, २०७९ मंगलबार १८:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।