डिसहोममा एक वर्ष रिचार्ज गर्दा खोटाङका ग्राहकले जिते १ लाख पुरस्कार

काठमाडौं : नेपालको एकमात्र डीटीएच प्रविधिकमा आधारित टेलिभिजन वितरक डिशहोमको ‘एक वर्षमा २४ महिना’ योजनामा सहभागी भएर खोटाङका ग्राहकले एक लाख रूपैयाँ नगद पुरस्कार जितेका छन्।
दिक्तेल बजारमा रहेको सैन्जु इन्टरप्राइजेजबाट रिचार्ज गरेका पाँच जनाले लक्की ड्र मार्फत १ लाख रूपैयाँ नगद जितेको कम्पनीले जनाएको छ।
पुरस्कार जित्नेहरूमा देबका आचार्य, रत्नकला बुढाथोकी, कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राई रहेका छन्।
उनीहरूलाई १ लाख रूपैयाँ डिस मिडियाका बिपिन्द्र न्यौपाने र विजय पन्थीको उपस्थितमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले हस्तान्तरण गरे।
यस योजना अन्तर्गत एक वर्षको रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जनालाई लक्की ड्र मार्फत नगद एक लाख रूपैयाँ पुरस्कार दिँदै आएको छ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।
चैत २१, २०७९ मंगलबार १८:३८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।