इम्बोस्ड नम्बर प्लेटमा अब नेपालीमा पनि लेख्न सकिने

काठमाडौं : सरकारले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा पनि लेख्न सकिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेको हो।
यसअघि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था मात्र थियो।
त्यसलाई संशोधन गरेर देवनागरी लिपीमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्न सकिने कानूनी व्यवस्था गरेका हौं’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले मंगलबार भनिन्।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका बेला इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपीमा पनि लेख्ने व्यवस्था गर्ने बताउँदै आएका थिए।
चैत २१, २०७९ मंगलबार १७:२०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।