घट्यो शेयर बजार, कारोबार रकम एक अर्ब पनि कटेन

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिने शेयर बजार घटेको छ।
मंगलबार नेप्से परिसूचक ५ अंकले घटेर १८६६ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचकमा सामान्य १ अंकभन्दा कमको गिरावट आएर ३५१ विन्दुमा छ।
बजार घट्दा त्यसको प्रभाव कारोबारमा देखिएको छ। यसदिन २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार रुपैयाँको कारोबार भएको छ।
मंगलबार १३ मध्ये ६ उपसूचक समूह ओरालो लाग्दा सात समूहमा हरियाली छाएको छ। आज विकास बैंक समूह ०.३१ प्रतिशतले उकालो लाग्दा निर्जीवन बीमा समूह १.३९ प्रतिशतले ओरालो झरेको छ।
कारोबार रकमले हेर्दा मंगलबार सबैभन्दा बढि शिवम् सिमेन्टको कारोबार भएको छ भने एनआईसी एसिया बैंक कारोबारमा दोस्रो नम्बरमा छ।
यसदिन कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि १० प्रतिशतले कमाएका छन्। यो कम्पनीमा मंगलबार सकारात्मक सर्किट लाग्यो।
चैत २१, २०७९ मंगलबार १५:१६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।