उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठको उम्मेदवारी, आचार्यको समर्थन

उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठको उम्मेदवारी, आचार्यको समर्थन

काठमाडौं : चैत २९ गते हुने नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठले मनोनयन दर्ता गरेका छन्।

श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामुहिक उम्मेदवारी दर्ता गरेको हो।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्।

जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरे। एसोसिएट्समा दुबैतर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरूले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफूले काम गर्ने प्रतिबद्धता जनाए।

चैत २१, २०७९ मंगलबार १४:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।