डिफेन्डिङ च्याम्पियन गुजरातको सामना गर्दै दिल्ली

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्सले डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सको सामना गर्दैछ।
नेपाली समय अनुसार साँझ ७:४५ बजे घरेलु मैदानमा हुने खेलमा दिल्ली पहिलो जितको खोजीमा हुनेछ। दिल्ली पहिलो खेलमा लखनऊसँग ५० रनले पराजित भएको थियो।
उता लिगको पहिलो खेलमा चेन्नाईलाई ५ विकेटले पराजित गरेको लिग च्याम्पियन गुजरात भने लगातार दोस्रो जित निकाल्दै लिगको शीर्ष स्थान कब्जा गर्ने दाउमा छ।
चैत २१, २०७९ मंगलबार १३:५०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।