फेरि बढ्यो सुनको मूल्य, आज कति पुग्यो?

फेरि बढ्यो सुनको मूल्य, आज कति पुग्यो?

काठमाडौं : आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजारले बढेर सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको हो।

हिजो (सोमबार) सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

चैत २१, २०७९ मंगलबार ११:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।