अन्तिम समयमा गोल खाएपछि टोटेनहमको जित गुम्यो

अन्तिम समयमा गोल खाएपछि टोटेनहमको जित गुम्यो

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमले १-१ गोलको बराबरीको खेल खेलेका छन्।

एभर्टनको घरेलु मैदनमा गए राति भएको खेलमा दुवै टिम १० जनमा समेटिए भने १/१ अंक बाढ्न बाध्य समेत भएका थिए।

खेलको ५८ औं मिनेटमा एभर्टनका डोउकोउरे सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। यसपछि ६८ औं मिनेटमा हेरी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाए।

जिततर्फ उन्मुख भएको टोटेनहम पनि यसपछि ८८ औं मिनेटमा १० खेलाडीमा समेटियो जब लुकास मोउरा सिधै रातो कार्ड खाँदै मैदान बाहिरिए।

यसपछि अन्तिम समयमा माइकल किनले सानदार गोल गर्दै एभर्टनलाई हारबाट जोगाए। यो बराबरीपछि टोटेनहम २९ खेलबाट ५० अंकसहित लिगको चौथो स्थानमा छ।

 

चैत २१, २०७९ मंगलबार १०:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।