डाबर नेपालले पायो ‘नेशनल एचआर एक्सीलेन्स अवार्ड’

डाबर नेपालले पायो ‘नेशनल एचआर एक्सीलेन्स अवार्ड’

काठमाडौं : डाबर नेपालले ‘नेशनल एचआर एक्सीलेन्स अवार्ड’ प्राप्त गरेको छ।

‘ग्रोथ सेलर्स’ नाम एक स्वतन्त्र एचआर कन्सल्टिङ्ग फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई यो अवार्ड हस्तान्तरण गरिएको हो।

नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा देखाएको उत्कृष्टताको आधारमा डाबर नेपाल कम्पनीले यो अवार्ड पाएको हो।

यो अवार्ड जित्नु भनेको कम्पनीको सबैभन्दा बहुमूल्य सम्पत्ति भएको डाबर नेपालले जनाएको छ।

साथै यो उपाधि डाबर नेपालले आफ्ना कर्मचारीहरूलाई महत्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको प्रमाण भएको पनि बताइएको छ।

चैत २१, २०७९ मंगलबार ०९:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।