धोनीले दुई छक्का हान्दा ट्रोल भयो गौतमको ठुस्स परेको फोटो

धोनीले दुई छक्का हान्दा ट्रोल भयो गौतमको ठुस्स परेको फोटो

एजेन्सी : आइपिएल २०२३ को छैटौँ प्रतिस्पर्धामा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायंट्सलाई १२ रनले हराउँदा गौतम गम्भीर ट्रोल भएका छन्। चेन्नेईका धोनीले दुई छक्का हानेसँगै गम्भीरको अनुहारको भाव बिग्रियो। त्यही भाव क्यामरामा क्याच भइहाल्यो। अनि सुरु भयो ट्रोल।

यी दुवै मिल्ने खेलाडी हुन्। तर अहिले भिन्न टिममा छन्। गम्भीर अहिले लखनउको मेन्टर हुन्। उनी सांसद पनि हुन्। कमेन्टेटर पनि।

सन् २०१९ पछि पहिलो पटक चेन्नेई आफ्नै मैदानमा खेल्न उत्रियो। लखनउका कप्तान केएल राहुलले टस जितेर बलिङ रोजे।  ऋतिराज गायकवाड़ अनि डेवन कॉन्वेले उनको निर्णयलाई गलत प्रमाणित गरिदिए।

दुवैले मिलेर ९.१ ओभरमा ११० रन हाने। गायकवाड़ले ३१ बलमा ५७ अनि  कॉन्वेले २९ बलमा ४७ रन हाने।  शिवम दुबे र अंबाती रायुडुले २७-२७ रन बनाए।  मोईन अलीले १९ अनि कप्तान धोनीले १२ रन  बनाए। चेन्नइले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनायो।

धोनीले जम्मा तीन बल मात्र खेल्न पाए। त्यसमा दुई बल छक्का हाने। धोनीको ब्याटिङ लगत्तै गौतमको ठुस्स परेको फोटो फैलन थाल्यो।

सञ्जालका प्रयोगकर्ताहरूले म गम्भीर हुँ किन हाँसौँ लगायत लेख्दै फोटो फैलाए। 

चैत २१, २०७९ मंगलबार ०१:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।