लखनउलाई हराएसँगै आइपिएलमा धोनीको पाँच हजार रन कट्यो

काठमाडौँ : आइपिएल २०२३ को छैटौँ प्रतिस्पर्धामा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायंट्सलाई १२ रनले हरायो। चेन्नईले २१८ रनको विशाल लक्ष्य पच्छ्याएको लखनउको टिमले सत विकेट गुमाएर २०५ रन मात्र बनायो।
ऋतुराज गायकवाडले ५७ रन बनाए। बलिङमा मोईन अलीले चार विकेट लिए।
लखनउको तर्फबाट काइल मेयर्सले सर्वाधिक ५३ रन बनाए। निकोलस पूरने ३२ रन बना। बिचको ओभरमा निरन्तर विकेट गुमेपछि लक्ष्य पूरा गर्न सकेन।
मोईन अलीे चेन्नइकोतर्फबाट उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। तुषार देशपांडेले दुई विकेट लिए।
पहिलो ब्याटिङ गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो। ऋतुराज गायकवाडले ३१ बलमै ५७ रन बनाए।
डेवोन कॉन्वेले २९ बलमा ४७ रन जोडे। शिवम दुबेले २७ रन बनाए।अंबाती रायुडूले अन्तिम ओभरमा १४ बलमा २७ रन बनाए। धोनीले ४ बलमा १२ रन बनाए। यो रनसँगै आइपिएल सिरिजमा धोनीको ५ हजार रन कटेको छ।
चैत २१, २०७९ मंगलबार ००:५९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।