रविको तर्क ‘फैसला बोलिसक्यो, अब कानूनी उल्झन हुँदैन’

रविको तर्क ‘फैसला बोलिसक्यो, अब कानूनी उल्झन हुँदैन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी नागरिकता सन् २०१८ मै त्यागेको सर्वोच्च अदालतको फैसलामै उल्लेख भएकाले कानूनी उल्झन नरहेको बताएका छन्।

चितवन- २ को का लागि मनोनयन दर्ता गर्न जाने क्रममा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। 

उनले भने, ‘मैले अमेरिकी नागरिकता सन् २०१८ मै त्यागिसकेको भनेर अदालतकै फैसलामै लेखिएको छ। त्यसैले कानूनी उल्झन हुँदैन। तर कसैले कसैलाई चाह्यो भने यो देशमा मुद्दा भने चलाउन सक्छ।’

उनले प्रश्नकर्तातिर हेर्दै थपे, ‘तपाईंको बारेमा पाँच दिन स्टडी गरेर सयवटा मुद्दा चलाउन सकिन्छ। त्यसरी लागि पर्यो भने बेग्लै कुरा हो।’

न्यायिक प्रक्रियाबाट सबै कुरा टुंगिसकेको उनले स्पष्टिकरण दिएका छन्। आफूसँग कुनै शक्ति केन्द्र नरहेकाले मुद्दाहरू चलिरहने उनको दाबी थियो।

चैत २०, २०७९ सोमबार ११:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।