छक्का राेक्दा चोट लागेपछि केन विलियम्सनले आईपीएलको पूरै सिजन गुमाउने

एजेन्सी : न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ गुमाउने भएका छन्।
पहिलो खेलमै चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएपछि उनले यसपालिको आईपीएल गुमाउने भएका हुन्।
शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो।
तीव्र गतिका बलर जोशुवा लिटिलको १३औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए।
विलियम्सनले उत्कृष्ट फिल्डिङ गर्दै छक्काबाट हुन बचाउँदै टोलीको दुई महत्वपूर्ण रन रोकेका थिए।
तर ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको हो। त्यसपछि उनले मैदान छाडेका थिए। उनलाई गुजरातका खेलाडी र म्यानेजमेन्ट टोलीले बोकेर लगेका थिए।
उनको स्थानमा गुजरातले इम्प्याक्ट प्लेयरको रूपमा साइ सुदर्शनलाई खेलाएको थियो। गुजरातले विलियम्सनले आईपीएल २०२३ पूरै खेल गुमाउने औपचारिक रूपमा जनाएको छ।
चैत १९, २०७९ आइतबार १२:५१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।