आइपिएल : दिल्लीलाई ५० रनले हरायो लखनउले

आइपिएल : दिल्लीलाई ५० रनले हरायो लखनउले

काठमाडौँ : इन्डियन प्रिमियर लिग(आइपिएल) मा दोस्रो दिनको दोस्रो खेल लखनउ सुपर जायन्ट्सले जित्यो। उसले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्यो।

लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले १ सय ९४ रनको लक्ष्य दिएको थियो। दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि कप्तान डेभिड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए।

लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले २/२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। लखनउका लागि कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले।

निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए। कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए। आयुष बदोनी ७ बलमा १८ रन बनाए। दीपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए।

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले  २/२ र अक्षर पटेल र कुलदिप यादवले १/१ विकेट लिए।

चैत १९, २०७९ आइतबार ००:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।