आइपिएलमा पन्जाबसँग सात रनले हार्यो कोलकाता

आइपिएलमा पन्जाबसँग सात रनले हार्यो कोलकाता

काठमाडौँ : इण्डियन प्रिमियर लिगको शनिबारको पहिलो खेल वर्षाले प्रभावित भएपछि कोलकाता नाइट राइडर्स पन्जाब किंग्सविचको खेल डिएलएस नियमबाट निर्णय हुँदा कोलकाता पराजित भयो।

मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो।

१९२ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभर खेल्दै ७ विकेट गुमाएर १४६ रन बनाउँदा पानी पर्न थाल्यो। वर्षा नरोकिएपछि खेलको नतिजा डिएलएसबाट तय हुँदा १६ ओभरमा ७ विकेट गुमाउँदा पार स्कोर १५३ रन रहेकोले कोलकाता ७ रनले पराजित भयो।

कोलकाताका लागि आन्द्रे रेलले १९ बलमा ३ चौका र २ छक्का हानेर सर्वाधिक ३५ रन बनाए। वेनकाटेस अयरले २८ बलमा ३४ रन बनाए। कप्तान नितिश राणाले २४ र रहमानुलल्ह गुर्बाजले २२ रन बनाएका थिए।

पन्जाबका लागि अर्शदिप सिंहले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए। साम मरन, नाथन एलिस, सिकन्दर राजा र राहु चाहरले १-१ विकेट लिएका थिए।

पन्जाबका लागि भानुका राजापाक्षले ३२ बलमा ५ चौका र २ छक्का हानेर सर्वाधिक ५० रन बनाएका थिए। कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाएका थिए।

प्रबसिमरन सिंहले २३, जितेश शर्मनले २१ र सिकन्दर राजाले १६ रन जोडेका थिए। साम करनले १७ बलमा २ छक्का प्रहार गर्दै अविजित २६ रन बनाएका थिए।

कोलकाताका टिम साउदीले २ तथा उमेश यादव, सुनिल नारिन र वरुन चक्रवर्तीले १-१ विकेट लिएका थिए।

चैत १८, २०७९ शनिबार २१:२१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।