राहदानी मुद्दाबारे रविको दाबी : मैले सौदाबाजी गरेको छैन, काँडा निस्कियो अब बल्झन हुन्न

राहदानी मुद्दाबारे रविको दाबी : मैले सौदाबाजी गरेको छैन, काँडा निस्कियो अब बल्झन हुन्न

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो राहदानीको छानबिनमा आफूले कुनै सौजावाजी नगरेको दाबी गरेका छन्।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारप्राप्त निकायले गरेको निर्णय स्वीकार गरेको उनले दाबी गरे।

प्रहरीले रविले राहदानी दुरुपयोग गरेको उजुरीबारे छानबिन गर्दै मुद्दा चलाउनु नपर्ने राय सुझाव दिएको थियो। सोही राय सुझावको आधारमा जिल्ला अनि उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयले न्यायिक परीक्षणमा नलगी मुद्दा नचल्ने निर्णय गरेको थियो।

उनले आफूले सधैं अनुसन्धानमा सघाउने गरेको भन्दै पासपोर्टको अनुसन्धानमा पनि सघाएको र कुनै प्रभाव नपारेको दाबी गरे।

'प्रभाव पारेको भए मुद्दा जित्थे होला। प्रहरीले अनुसन्धान गरेको छ। बयान दिएको छु। महान्यायाधिवक्ताको कार्यालयसम्म गएको छ। सौदाबाजी गरेको छैन' उनले भने।

उनले ट्विट गर्दै खुट्टामा काँडा बिझ्दा झुकेको मात्र भन्ने धारणामा आधारित भएर पत्रकारले प्रश्न सोधेका थिए। उत्तरमा उनले त्यो काँडा झिकिइसकेको र घाउमा खाटा बसिसकेको भन्दै अब त्यो बल्झन नहुने बताए। 

चैत १८, २०७९ शनिबार १७:१४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।