मध्य चैतमा चन्द्रागिरीमा हिमपात (तस्बिरहरू)
तस्बिर- चन्द्रागिरी हिल्स प्रालि
काठमाडौं : काठमाडौंको पर्यटकीय तथा धार्मिक स्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।
यो वर्ष चन्द्रागिरि डाँडामा पहिलोपटक हिउँ परेको हो। यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ।






चैत १८, २०७९ शनिबार १३:३८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।