मेस्सीलाई क्लबमा फर्काउने तयारीमा बार्सिलोना

मेस्सीलाई क्लबमा फर्काउने तयारीमा बार्सिलोना

एजेन्सी : फुटबल क्लब बार्सिलोनाले लियोनेल मेस्सीलाई क्लबमा फर्काउन छलफल गरिरहेकाे खुलेको छ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको दुई वर्षको सम्झौता सकिन लागेसँगै बार्सलोनाले उनलाई क्लबमा फर्काउनका लागि छलफल थालेको हो।

दुई वर्षअघि बार्सिलोनासँग कम पारिश्रमिकमा नयाँ सम्झौतामा सहमत भए पनि नयाँ आर्थिक नियमका कारण क्लबले मेस्सीलाई बेच्न बाध्य बनेको थियो।

मेस्सीले बार्सिलोनाबाट चार च्याम्पियन्स लिग र १० ला लिगा उपाधिसँगै ६ पटका बालोन डी’ओर जितेका छन्। ३५ वर्षीय अर्जेन्टिनी फरवार्ड ७७८ खेलमा ६७२ गोलसहित बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन्।

डिसेम्बरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सीले पीएसजीका लागि ६६ खेलमा २९ गोल गरेका छन्।

मेस्सीले यसैसाता आफ्नो १००औं अन्तर्राष्ट्रिय गोल र करिअरको ८सयौं गोल पूरा गरेका छन्।

चैत १८, २०७९ शनिबार १०:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।