आइपिएलको पहिलो खेलमा गुजरातको जित, पाँच विकेटले हार्यो धोनिको टिम

आइपिएलको पहिलो खेलमा गुजरातको जित, पाँच विकेटले हार्यो धोनिको टिम

एजेन्सी : इन्डियन प्रिमियर लिग(आइपिएल) को पहिलो प्रतियोगितामा गुजरात टाइटान्सले चेन्नेइ सुपर किङस्लाई पाँच विकेटले हराएको छ। खेल जित्न गुजरातलाई १७९ रन बनाउनुपर्नेमा अन्तिम ओभरमा लक्ष्य हासिल गर्न सफल भयो। चार बल बाँकी रहँदा नै खेल जित्यो।

गुजरात टाइटान्सका लागि शुभमन गिलले सर्वाधिक ६३ रन बनाएका थिए। उता चेन्नेइका लागि ऋतुराज गायकवाडले ९२ रन बनाएका थिए। 

चेन्नेइले टस हारेर ब्याटिङ पाएको थियो। उसले सात विकेट गुमाएर १७८ रन बनायो। 

ऋतुराज गायकवाड़ले ५० बलमा ९ छक्का र   चार चौका हानेर ९२ रन बनाएका थिए। मोईन अलीले २३ अनी शिवम दुबेले १९ रन बनाएका थिए। कप्तान एमएस धोनीले एक छक्का अनी एक चौकासहित १४ रन बनाएका थिए।

गुजरातको पहिलो विकेटको रुपमा ऋदीमान साहा आउट भएका थिए। तीन दशमलव पाँच ओभरमा २५ रन बनाएर उनी आउट भएका थिए। हार्दिक पंड्यालाई रवींद्र जडेजाले आठ रनमै आउट गरेका थिए।
 

चैत १८, २०७९ शनिबार ०१:११:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।