धोनीसँग हात नमिलाउँदा आइपिएलको पहिलो दिनमै भाइरल भए हार्दिक

धोनीसँग हात नमिलाउँदा आइपिएलको पहिलो दिनमै भाइरल भए हार्दिक

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ संस्करणको पहिलो दिनै हार्दिक पन्ड्या भाइरल भएका छन्। उनी गुजरात टाइटन्सको क्याप्टेन हुन्।

चेन्नइ सुपर किङग्स र गुजरात टाइटन्सविचको पहिलो खेल अगाडि भव्य उद्घाटन समारोहको आयोजना गरिएको थियो। उद्घाटन समारोहको अन्त्यमा हार्दिक र चेन्नेइका कप्तान एमएस धोनीलाई अगाडि बोलाइएको थियो।

हार्दिकले मञ्चमा रहेका जय शाह, अरुण धूमल अनि रोजर बिन्नीसँग हात मिलाए। तर उनले धोनीसँग हात मिलाएनन् जबकि सबैभन्दा अगाडि धोनी नै उभिएका थिए। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर खेल प्रारम्भ अगाडि टस गर्ने बेलामा भने हार्दिकले मज्जाले धोनीको प्रशंसा गर्दै उनलाई आफ्नो मार्गदर्शक भएको बताएका थिए।

आइपिएलको उद्घाटनमा अरजित सिंह, तमन्ना भाटिया र रश्मिका मन्दनाले प्रस्तुति दिएका थिए। 

चैत १७, २०७९ शुक्रबार २३:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।