डिश मिडियाको आइपी टिभीमा आइपिएलको प्रसारण

काठमाडौँ : डिश मिडिया नेटवर्कले इन्डियन प्रिमियर लिग (आईपीएल) देखाउने भएको छ। सो नेटवर्कले सुरु गरेको आईपी टिभीमा
चर्चित भारतीय क्रिकेट लिग आइपिएल एचडी क्वालिटीमा प्रसारण गर्न थालेको हो।
आइपिएल शुक्रवारबाट सुरु भएको हो। लाइभ टिभीमा दैनिक विभिन्न स्पोर्टस्, सिरिज, मुभीहरू र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलहरू हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।
आईपी नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने र यो सेवा लिन इन्टरनेट आवश्यक भने आवश्यक पर्छ। नजिकैको डिलर वा ग्राहक सेवा केन्द्रबाट डीएच फाइबरनेट जडान गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
चैत १७, २०७९ शुक्रबार २३:३५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।