खेलको ८७ मिनेटमा गोल हुँदा प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि नेपाललाई

काठमाडौँ : प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले निर्णायक गोल गर्दा लाओसलाई हराउँदै नेपाल विजयी भएको हो।
नेपाल र लाओसले १-१ गोल गरेको थियो। दशरथ रङ्गशालामा भएको फाइनल खेलमा ८७ औँ मिनेटमा डाँगीले गोल गरेर नेपाललाई २–१ को अवस्थामा पुर्याए।
खेलको १७ औँ मिनेटमै लाओसले अग्रता लिएको थियो। २४ औँ मिनेटमा नेपालले गोल फर्काएर बराबरी गरेको थियो । त्यसपछिको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।
उपाधि जितेसँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ। उपविजेता लाओसले २ हजार ५ सय अमेरिकी डलर पायो।
चैत १७, २०७९ शुक्रबार २०:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।