नदी किनारका बस्ती तत्काल नहटाउन उच्च अदालतको आदेश

नदी किनारका बस्ती तत्काल नहटाउन उच्च अदालतको आदेश

काठमाडौँ :  नदी किनारका अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरको सूचना कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

उच्च अदालत पाटनले शुक्रवार यस्तो आदेश दिएको हो। न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएको आदेशमा महानगरको सूचना तत्काल कार्यान्वयन नगर्न भनिएको छ।

अदालतले दुवै पक्षको छलफलपछि मात्र आदेशबारे निर्णय गर्न चैत २६ मा तारेख तोकेको  छ।

काठमाडौँ महानगरपालिकाले २०७९ चैत ११ गते नदी किनारका अवैध संरचना हटाउन सूचना प्रकाशित गरेको थियो।

सूचनामा नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको थियो।

चैत १७, २०७९ शुक्रबार १९:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।