सभामुखलाई काँग्रेस सांसदको प्रश्न' निर्वाचित सांसद कोइरी हराइरहेको सूचना छ, सभामुखलाई जानकारी छ कि छैन?'

सभामुखलाई काँग्रेस सांसदको प्रश्न' निर्वाचित सांसद कोइरी हराइरहेको सूचना छ, सभामुखलाई जानकारी छ कि छैन?'

काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोगमा फरार रहेका एमालेका सांसद लक्ष्मी महतो कोइरी कहाँ छन् भनेर सभामुखलाई प्रश्न गरे। बुधबारको बैठकमा उनले लगातार १० पटकसम्म सांसद संसद बैठकमा उपस्थित नभए पद खाली हुने नियमावलीको प्रावधान रहेको भन्दै कोइरीबारे सभामुखलाई प्रश्न गरेका हुन्।

उनले कोइरीले सभामुखलाई जानकारी दिएर संसदमा उपस्थित भएका हुन् या जानकारी नै नदिई नआएको भन्दै प्रश्न गरेका हुन्।

‘महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ। सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ’ उनले भने।

खतिवडाले प्रश्न गरेका बेला सभामुख देवराज घिमिरेको सट्टा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सदन चलाइरहेका थिए। उनले खतिवडालाई ‘ध्यानाकर्षणको लागि धन्यवाद दिएका थिए।

चैत १५, २०७९ बुधबार १६:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।