
आईसीसी वरीयतामा खस्किए करण; सन्दीप, सोमपाल र रोहित यथावत

काठमाडौं : एक दिवसीय खेलाडीको वरीयतामा करण केसी एक स्थान तल झर्दा अन्य खेलाडीको वरीयतामा यथावत रहेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अद्यावधिक गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप बलिङतर्फ २२औं स्थानमा छन्।
बलिङ तर्फ नै सोमपाल कामी ६९औं र दीपेन्द्र सिंह ऐरी ५३औं स्थानमा यथावत रहँदा तीव्र गतिका बलर करण केसी भने १ स्थान तल झरेर ९६औं स्थानमा पुगेका छन्।
ब्याटिङतर्फ भने कप्तान रोहित कुमार पौडेलको ५८औं र आसिफ शेख भने ६७औं स्थानमा कायमै छन्।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहँदा बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा छन्।
चैत १५, २०७९ बुधबार १५:०३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।