आज घट्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख नौ हजार तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँले घटेर एक लाख आठ हजार पाँच सय कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १० ले घटेर एक हजार तीन सय ६० तोकिएको छ।
चैत १३, २०७९ सोमबार १३:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।