सरकारमा जाने मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

सरकारमा जाने मन्त्री छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि (मंगलबार) को लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्रीका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए।

साथै बैठकमा प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायतका विषयमा पनि छलफल गरिने बताइएको छ।

चैत १३, २०७९ सोमबार ११:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।