मन्त्रालय बाँडफाँडमा समझदारी गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रालय बाँडफाँडमा समझदारी गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालयको बाँडफाँडमा समझदारी गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।

तर गठबन्धनका दलबीच मन्त्रालयको भागबन्डाको हिसाबकिताब भने अझै मिल्न सकेको छैन।

त्यसैले  सरकारमा जाने दलहरू र मन्त्रालयका बारेमा टुंगो लगाउन आज दिउँसो बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

आज प्रचण्डले गठबन्धनका दलहरुसँग पहिले भिन्दाभिन्दै छलफल गर्ने र यसपछि सत्ता गठबन्धनको संयुक्त बैठकले निष्कर्ष निकाल्ने बताइएको छ।

कांग्रेसले नयाँ गठबन्धनसँगै सरकारमा जानका लागि अर्थ मन्त्रालयसहित कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ।

विशेषगरी यसै विषयमा आज सहमति गरिने जानकारी प्राप्त भएको छ।

चैत १२, २०७९ आइतबार ०९:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।