सेनाको हेलिकप्टर चढेर आज गोरखा जाँदै राष्ट्रपति पौडेल

सेनाको हेलिकप्टर चढेर आज गोरखा जाँदै राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति बनेपछि पहिलो पटक उपत्यका बाहिर जान लागेका रामचन्द्र पौडेल आज गोरखा जाने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रको भ्रमण गर्ने र गोरखकाली मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ।

जसका लागि उनी बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत गोरखा जान लागेका हुन्। राष्ट्रपति आउने भएपछि गोरखामा सर्वसाधारणलाई असर नपर्ने गरी सुरक्षा व्यवस्था बढाइएको छ।

चैत १२, २०७९ आइतबार ०८:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।