पदम लिम्बुको मृत्युको छानविन गर्न गृहसचिवको संयोजकत्वनमा छानबिन समिति गठन

पदम लिम्बुको मृत्युको छानविन गर्न गृहसचिवको संयोजकत्वनमा छानबिन समिति गठन

काठमाडौं : सरकारले कोशी प्रदेश नामकारणको विषयलाई लिएर भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको मृत्युको घटनामा छानविन गर्न छानविन समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा गृहमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

छानविन समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

चैत ११, २०७९ शनिबार १८:२७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।